काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ बाट बच्न सावधानीस्वरुप नेपाल सरकारले देशभर लकडाउनको नीति अपनाएको छ ।
यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले यो लकडाउन आगामी वैशाख २५ बुधबार मध्यरातिसम्मको लागि बढाइएको छ ।
कोरोनाको जोखिम न्यूनिकरण गर्न लकडाउनको अवधी बढाइएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् । यसअघि कोरोना भाइरस रोकथाम सुरक्षार्थ सरकारले बैशाख १५ गते सोमवारसम्म लकडाउन गर्ने निर्णय गरेको थियो । भोलिबाट लकडाउन अवधि सकिँदैछ ।
उनले भने, “बाह्य जगतबाट देशमा खतरा नरहोस् भन्नको लागि सबै देशसँगको सिमा नाकाहरुबाट आवागमन स्थगन गर्न गरेको निर्णयलाई बढाइएको हो ।”
मन्त्रिपरिषद्ले गरेको अर्को निर्णय सुनाउँदै उनले थपे, “ईपीएस अन्र्तगत कोरियामा श्रमिकको रुपमा काम गर्न जाने श्रमिकहरुलाई २ देशको आपसी सल्लाह र सहमतिमा कोरीया लैजानको लागि अनुमति दिने निर्णय गरेको छ ।”
शनिवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन १ हप्ता लम्ब्याउनको लागि सुझाव दिएको थियो ।
छिमेकी मुलुक भारतमा २४ मार्च २०२० मा घोषणा भएको लकडाउन विभिन्न चरणमा गरेर थप गरी आगामी ३ मे, २०२० सम्म लम्ब्याईएको छ ।
महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने २९ लाख २३ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार आइतवा मृत्यु भएको छ । यो सहित अमेरिकामा सबैभन्दा बढी ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २० हजार १३८ जना पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ३६४ जना, स्पेनमा २२ हजार ९०२ जना, फ्रान्समा २२ हजार ६१४, बेलायतमा २० हजार ३१९ जना, बेल्जियममा ६ हजार ९१७ जना, जर्मनीमा ५ हजार ८७७ जना, नेदरल्यान्ड्समा ४ हजार ४०९ जना, स्वीडेनमा २ हजार १९२ जना, स्वीट्जरल्यान्डमा १ हजार ५९९ जना, आयरल्यान्डमा १ हजार ६३, पोर्चुगलमा ८८० जना तथा रसियामा ६८१ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ६५० जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा ४ हजार ५७ जना, टर्कीमा २ हजार ७०६ जना, क्यानाडामा २ हजार ४६५ जना, मेक्सिकोमा १ हजार ३०५ जना, भारतमा ८२५, इन्डोनेसियामा ७२० जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित समाचार :
झापाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ५२ पुग्यो
नेपालमा कोरोना अपडेट : १६ जना संक्रमित निको भए, १ सय १० जना आईसोलेसनमा
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया