काठमाडौं । झापाका ६२ वर्षीय पुरुषमा विदेशबाट आएको छोराबाट कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । शुक्रवार उनमा कोरोना संक्रमण पुष्टि भएको हो । गत चैत ४ गते उनका छोरा युनाईटेड अरब इमिरेट्स (युएई)बाट नेपाल आएका थिए ।
कोरोना संक्रमणको आशंकामा उनका परिवारका ३ जना सदस्यको आरडीटि परीक्षण गरिएको थियो । तीनै जनाको परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो । र पछि तीनै जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । भने हालसम्म १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने उपचाररत ३७ जनाको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया