भोजपुरका कोरोना संक्रमित माइक्रोबस चढेर ससुराली गएका थिए

काठमाडौं । बिहीवार भोजपुरका २६ वर्षीय पुरुष गत फागुन ३० गते साउदी अरबबाट आएको खुलेको छ ।

कोरोना संक्रमण देखिएका ती युवा भोजपुरको हतुवागढी गाउँपालिका ६–लङ्खाका हुन् । ती युवक साउदी अरबबाट फागुन ३० गते हिमालयन एयरलाइन्सको उडानबाट काठमाडौं फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साउदीबाट काठमाडौं ओर्लेसँगै उनी काठमाडौं–हिले चल्ने माइक्रो बसबाट धरान आएर चतरा हुँदै उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीस्थित ससुराली घर आएर चैत ११ गतेसम्म बसेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार मैनामैनीबाट मोटरसाइकलमा चैत ११ गते नै लङ्खा आइपुगेका थिए । त्यससँगै त्यहाँ थप जोखिम बढेकाले त्यहाँ सिल गरिएको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ । साथै उनी गएर सम्पर्कमा आएका मानिसहरुको समेत ट्रेसिङको काम सकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनी सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । भने उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?