सर्लाही । ईश्वरपुर नगरपालिकामा बिहीवार आरडिटी गर्दा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको छ । ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई आरडिटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रजिअ जिसीले जानकारी दिए।
ती पुरुषको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । धेरैजसो आरडिटी पोजेटिभ देखिएको ‘केस’ मा पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएका कारण आरडिटी प्रभावकारी नरहेको देखिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया