काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले दुई विवादास्पद अध्यादेश प्रमाणीकरण गरिसकेपछि अब त्यसलाई कसरी किनारा लगाउने भन्नेबारे छलफल गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री राष्ट्रपति भवन शीतलनिवास पुगेका हुन् । भेटका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए भने राजनीतिक दलसम्बन्धी र न्यायपरिषद् सम्बन्धी अध्यादेशबारे छलफल भएको थियो ।
सो अध्यादेशबारे चौतर्फी विवाद भएपछि प्रधानमन्त्रीले बिहीबार दिउँसोमात्रै पार्टी अध्यक्ष प्रचण्डलगायतसँग फिर्ता लिने बताएको बेला कसरी अघि बढ्ने भन्नेबारे छलफल भएपछि के निष्कर्ष निक्लियो भन्नेबारे खुल्न बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया