साउदी अरबबाट आएका थिए भोजपुरका कोरोना संक्रमित

काठमाडौं । साउदी अरबबाट आएका भोजपुरमा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको आशंकामा थ्रोट स्बावको परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

बिहीवार मात्र थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको छ ।

आज थपिएका कोरोना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । त्यस्तै उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् । भने उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?