काठमाडौं । संविधानविद डा. भिमार्जन आचार्यले सोमवार सरकारले ल्याएको अध्यादेश अहिलेको समयमा उचित नभएको बताएका छन् ।
राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद र संवैधानिक संकट निम्त्याउने काम उचित नभएको मात्र होइन अध्यादेश संविधान विपरित समेत रहेको तर्क गरेका छन् ।
साथै जनतालाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्ट कार्य भएको आचार्यको दावी रहेको छ ।
सोमवार सरकारको निर्णय पश्चात सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “जनतालाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्नु निकृष्ट कार्य हो। नेपाली राजनीति धेरै नै फोहोरी छ भन्ने कुरा फेरि एकपटक यी नेताहरुले स्थापित गरे ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया