१२ संक्रमित भेटिएको मस्जिद क्षेत्र सिल

उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा पाइएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई सिल गरिएको छ ।

शुक्रवार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिवार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

संक्रमित १२ जनालाई तीनवटा एम्बुलेन्समा र अन्य चार जनालाई अर्कै एम्बुलेन्समा राखेर भुल्केबाट बुक्रवार राती नै विराटनगर पठाइएको हो ।

संक्रमितहरू सबै तबलिकी जमातिहरू रहेको भन्दै त्रियुगा नगरपालिकाको मुस्लिम समुदायको बाक्लो बस्तीहरूमा उनीहरूको पहुँच भएको हुनसक्ने आशंकामा निगरानीमा राखिएको छ । त्रियुगाको वडा नम्बर २, ३, ५, ६ र १२ मा मुस्लिम समुदायको उपस्थिति बाक्लो रहेको छ ।

वडा ३ को भुल्के बस्ती क्षेत्रलाई सिल गरिसकेपनि नुर मस्जिदमा आउजाउ गर्ने व्यक्तिहरूलाई पहिचानगरी सबैलाई यापिड टेस्ट गर्न पहल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?