काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण यतिबेला विश्व सन्त्रासमा छ ।
गत डिसेम्बर महिनाको अन्तिम साताबाट चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस ‘कोभिड- १९’ को कारण यो समाचार तयार पार्दासम्म (शनिबार बिहान ६ : ४० बजेसम्म) १ लाख ५४ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।
त्यस्तै २२ लाख ५० हजार ११९ जना मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ५ लाख ७१ हजार ५७७ जना निको भएर घर फर्केका छन् ।
यसैबीच कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ३७ हजार १३५ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ संक्रमितको संख्या ७ लाख ९ हजार ७३५ रहेको छ ।
त्यस्तै इटालीमा २२ हजार ७४५ को मृत्यु भएको छ भने १ लाख ७२ हजार ४३४ जना संक्रमित छन् ।
स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार ८३९ जना मानिस संक्रमित छन् ।
फ्रान्समा १८ हजार ६८१ जनाको मृत्यु भएको छ भने १ लाख ४७ हजार ९६९ जना मानिस संक्रमित छन् ।
जर्मनीमा मृतक संख्या ४ हजार ३ सय ५२ छ भने १ लाख ४१ हजार ३९७ जना मानिस संक्रमित छन् ।
उता बेलायतमा १४ हजार ५७६ को मृत्यु भएको छ भने एक लाख ८ हजार ६९२ जना मानिस कोरोना संक्रमित भएका छन् ।
मृतक संख्या १४ हजार ५७६ पुगेको छ । हालसम्म यी संक्रमितमधये ५६ हजार ९ सय ६३ जना गम्भीर बिरामी छन् ।
यसैबीच नेपालमा कोरोनाको संक्रमण ३० जनामा देखिएको छ । शुक्रबार चितवनमा २ र उदयपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३० पुगेको हो । यसअघिका १६ जना संक्रमितमध्ये एक जना निको भएर फर्किसकेका छन् ।बाँकी संक्रमितको अवस्था सामान्य छ । सरकारले कोरोनाको संक्रमणबाट बच्न सावधानीस्वरुप लकडाउन अपनाएको झण्डै एकमहिना पुग्न लागेको छ। लकडाउनको समयावधि लम्बिएका कारण अन्य समस्या निम्तन थालिसक्दा क्रमिक रुपमा संक्रमित झनै थपिँदै जान थालेका छन् ।
ट्रम्पको दाबी छुट्टै
कोरोना महामारीका कारण अमेरिकामा ३७ हजारको मृत्युपछी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या धेरै भएको दाबी गरेका छन् । ट्रम्पले ट्वीट गर्दै चीनले वुहानमा मृत्यु हुनेको संख्या सच्याएको बताउँदै मृत्यु हुनेको संख्या यो भन्दा पनि धेरै भएको बताएका छन् ।
उनले लेखेका छन् – ‘यो अज्ञात शत्रुबाट मृत्यु हुनेको संख्या चीनमा अचानक बढेर डबल भयो । तर यो भन्दा कैयौं बढी छ । यो अमेरिकामा भन्दा मृत्यु हुनेको संख्या चीनमा कैयौं बढी छ ।’
चीनले शुक्रबार वुहानको सुची अद्यावधिक गर्दै १२ सय ९० जना मृत्यु भएको भन्दै यस अघिको आँकडामा थपेको थियो ।
यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
लुकेर मस्जिदमा बसेका थिए १२ जना संक्रमित, स्थानीय त्रसित !
यस्तो छ थपिएका १४ जनाको ‘केस हिष्ट्रि’ (विवरणसहित )
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया