काठमाडौं । कुवेतमा थप चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप १३४ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या १६ सय ५८ पुगेको छ ।
तीमध्ये २ सय ५८ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । संक्रमित एकहजार तिनसय ९५ को सामान्य उपचार भैरहेको त्यसमध्य ३२ जनाको अवस्था गम्भीर रहेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोनाका कारण कुवेतमा ५ जनाको ज्यान गएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को कारण विश्वभर १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वल्डोमिटरको अनुसार कोरोनाको कारण विश्वभर २२ लाख २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया