काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर १ लाख ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । वोल्डोमिटरको अनुसार कोरोनाको कारण विश्वभर २२ लाख २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
भने यो समाचार तयार पार्दासम्म ५ लाख ६३ हजार ९ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विश्वभर कोरोनाको कारण मृत्यु भएका र उपचारपछि निको भएका बाहेक अहिले उपचाररत १४ लाख ५६ हजारभन्दा बढी व्यक्ति रहेका छन् । भने ५६ हजार ३ यस ६६ जनाको अवस्था गम्भिर छ ।
यसैगरी पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ६ लाख ५ भन्दा बढी कोरोना संक्रमित भएका छन् । जसमा ३५ हजार ५ यस जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । भने ५ हजार १ सय ६० जना उपचारपछि ठिक भएर घर फर्किएका छन् । यस्तै कोरोनाको दोस्रो असर रहेको देश स्पेनमा यो समाचार तयार पार्दासम्म १ लाख ८ हजार ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमा १९ हजार ४ सय ७८ जनाको मृत्यु भएको छ भने ७४ अजार ७ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै कोरोनाको तेस्रो बढी संक्रमण रहेको देश इटालीमा यो समाचार तयार पार्दासम्म १ लाख ७२ हजार ४ सय ३४ जनाको कोरोना संक्रमण देखिएको छ । जसमा २२ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार ७ सय २७ जना उपचारपछि घर फर्किएका छन् भने बाकी उपचाररत छन् ।
यसैगरी कोरोना संक्रमणले गाँजेको चौथो देश फ्रान्समा १ लाख ६५ हजार २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसको १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ । भने ३२ हजार ८ सय १२ जना स्वास्थ्यलाभपछि घर फर्किएका छन् । वितेको २४ घण्टाको अवधिमा फ्रन्समा नया संक्रमण देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया