कोभिड-१९ को रेमिट्यान्सको प्रभाव अध्ययन समिति गठन

काठमाडौं । कोरोना रोकथाम उच्चस्तरिय समितिले राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको नेतृत्वमा ६ सदस्यीय रेमिट्यान्सको प्रभाव अध्ययन समिति गठन गरेको छ ।

शुक्रबार समितिको पहिलो बैठक बस्ने बताइएको छ । रेमिट्यान्सबाट कति व्यक्ति आश्रित छन् ?, उनीहरू उत्पादनमूलक क्षेत्रमा लाग्न सक्ने अवस्था के छ ? भन्ने समितिले अध्ययन गर्नेछ।

यसअघि आयोगले ११ क्षेत्रमा कोरोना प्रभावको बारेमा अध्ययन शुरु गरिसकेको छ । नेपालमा वार्षिक ९ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत योगदान रेमिट्यान्सको रहेको छ ।

विश्वभरि कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्र संकुचित हुन् जाँदा विदेशमा काम गर्दै आएका नेपालीहरुमा कोभिड-१९ ले निकै ठुलो नकारात्मक असर पर्ने अनुमान गरिएको छ । त्यतिमात्र नभएर संसार भरिनै बेरोजगारी बढ्ने अनुमान समेत गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?