नेपाली अर्थतन्त्रमा कालो बादल, आयो आईएमएफको यस्तो रिपोर्ट

गत माघमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
सरकारले चालू आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने लक्ष्य राखेको छ ।
हालैमात्रै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने प्रक्षेपण गरेको थियो भने नेपालका अर्थशास्त्रीहरु भने नेपालको आर्थिक वृद्धिदर ४ देखि ५ प्रतिशत हुने बताउँछन् ।
आईएमएफले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेपनि दक्षिण एशियाली देशहरुमध्ये नेपालको आर्थिक् वृद्धिदर तुलनात्मक रुपमा सन्तोषजनक हुने देखिएको छ । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?