काठमाडौं । बुधबार मध्यरात त्रिवि शिक्षण अस्पतालमा प्रहरीले डाक्टरमाथि लाठीचार्ज गरेको छ । लकडाउन उलंघन गरेको नाममा ड्युटीमा रहेका डाक्टरमाथि प्रहरीले मध्यरात लाठी चार्ज गरेको हो । खाना खान हिँडेका डाक्टरमाथी लाठीचार्ज भएको भन्दै डाक्टरहरू आन्दोलित भएका छन ।
लाठीचार्जबाट २ डाक्टरलाई चोट लागेको प्रहरी उच्च स्रोतले जनाएको छ । अस्पताल परिसरमै डाक्टरमाथी हात पात भएपछि अहिले मध्यरातमा डाक्टरहरू बिरामी जाँच्न छाडेर आन्दोलित भएका छन् भने त्यहा तनावको अवस्था सिर्जना भएको छ । डाक्टर र प्रहरीबीच केही विवाद भएपनि अहिले सो विवाद साम्य भएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । आजै प्रहरीबाटै अन्य ३ जना डाक्टरमाथि आक्रमण भएको थियो । लेभल ३ कोभिड अस्पतालको रुपमा तोकिएको TUTH IOM मा कार्यरत तीन जना आवसीय चिकित्सकमाथि डयुटी सकि फर्कने क्रममा कान्ति अस्पतालको पछाडि ओरालोमा प्रहरीबाट हातपात र लाठीचार्ज भएको थियो ।
नेशनल रेसिडेन्ट डक्टर एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेको छ । विज्ञप्तिमा प्रहरीमाथि कारबाही नभए कडा कदम चान बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यसअघि नै डाक्टरमाथि हातपात भएकोमा फेरि सोही घटना दोहोरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया