काठमाडौं । लकडाउन उल्लंघन गर्ने प्रवृत्ति बढेपछि प्रहरीले थप कडाइ गर्ने भएको छ । बिहीवारदेखि प्रहरीले लकडाउन उलंघन गर्नेमाथि बल प्रयोग समेत गरेर कडा कारबाही गर्ने भएको हो ।
कोरोनाको रोकथामका लागि २३ दिनयता सरकारले लकडाउन बिना काम सवारी लिएर निस्कने र घुमघाममा हिँड्नेहरु बढेपछि कडाइ गर्न लागिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
संक्रामक रोग ऐन–२०२० अनुसार जारी लकडाउन उल्लंघन गर्नेलाई बल प्रयोग गर्न सक्ने अधिकार स्थानीय प्रशासनसँग छ ।
सो ऐनले दिएको अधिकार प्रयोग गर्दै प्रहरीले घुँडामुनी हिर्काउने, नियन्त्रणमा लिने र एक महिनासम्म थुनेर कारवाही गर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया