भारतमा एकैदिन ८३३ जना कोरोना संक्रमित फेला, १२ को मृत्यु

काठमाडौं । भारतमा एकैदिन कोरोना भाइरस संक्रमणको नयाँ बिरामी ८३३ जना फेला परेका छन् । बुधबार अबेरसम्म भारतमा सो संख्यामा नयाँ संक्रमित फेला परेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म भारतमा १२ हजार ३२० जना संक्रमित भेटिएका छन् । त्यसमा ४०५ जनाको मृत्यु भएको छ । बुधबार मात्रै भारतमा १२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यस्तै भारतमा २ हजार ३०९ जना निको हुँदा अझैपनि १० हजार बढीको उपचार भइरहेको छ । भारतमा हालसम्म २ लाख ४४ हजार जनाको कोरोना टेस्ट भइसकेको छ ।

भारतमा कोरोना नियन्त्रणका लागि वैशाख २१ गतेसम्म लकडाउन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?