प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार भट्टराई डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

गत चैत २९ गते हृदयघातका कारण भट्टराई गंगालाल ह्रदयरोग केन्द्रमा भर्ना भएका थिए । बुधवार साँझ स्वास्थ्य लाभ गरि घर फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

अस्पताल बसेको अवधिभर आफ्नो स्वास्थ्यको चासो र चिन्ता लिने सबैप्रति धन्यबाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?