नयाँ वर्षको शुभकामनासहित कांग्रेस नेता केसीले गरे यस्तो आह्वान

काठमाडौं – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै घरमा नै बसेर उच्च मनोबल, दृढता र स्वअनुशासन पूर्वक यो महामारीलाई पन्छाउन र सन्त्रास मेट्न सबैलाई आह्वान गरेका छन् ।

समाजिक सञ्जाल फेसबुकमा शुभकामना सन्देश लेख्दै नेता केसीले लेखेका छन्,”यो अवस्था वास्तबमा सामाजिक दूरी (Social Distance) बनाउने होईन सामाजिक तथा भावनात्मक एकता र निकटता कायम गर्दै शारीरिक दूरी (Physical Distance) कायम गर्ने उपचारात्मक क्षण हो ।”

उनले निम्न वर्गका नागरिक भोकभोकै परेको प्रसंग जोड्दै लेखेका छन् “लक डाउनको बेला लक डाउनको कारण काममा जान, बिहान बेलुकी खान र जीवन धान्न कष्टपूर्ण अवस्थामा परेका लाखौं लाख श्रमिक तथा तिनका भोकै बस्न बाध्य परिवारको हितका लागि हामीले आ–आफ्नो स्थानबाट यथाशक्य केही गर्न सक्यौँ भने नववर्षको सबभन्दा उत्तम शुभकामना यही हुने मेरो विश्वास छ ।” भनेका छन् ।

उनले अगाडी थपेका छन्,  “यो संकटको घडीमा हामी तराई–मधेस, पहाड, हिमाल, पूर्व वा पश्चिम, देशविदेश जहाँ रहे–बसेका भए नेपालीत्वको भाईचाराका साथ बन्धुत्वको भावना र आपसी सहयोगलाई प्रबर्द्धन गर्न सक्षम भयौँ भने नववर्ष २०७७ वरदान सावित हुने मैले विश्वास लिएको छु । स्वदेश वा विदेश जहाँ बसेका भए पनि सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरूमा म यिनै शब्दद्वारा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?