काठमाडौं । कोरोना रोकथामा तथा नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । जसको कारण स्वदेश तथा विदेशमा नै नेपालीहरुको विचल्ली परेका छन् । लकडाउनका कारण भारतको उत्तरप्रदेशको कानपुरबाट १ सय ८४ जना सर्लाही आउनको लागि हिडेका छन् । उनीहरुमध्ये ५३ जना भने सर्लाही आइपुगेका छन् ।
उनीहरु विभिन्न ठाँउमा बसेका सुरक्षाकर्मीको आँखा छलेर उनीहरू सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइपुगेका हुन् ।
सुरक्षाकर्मीको आँखा छल्दै रातीको समयमा खेतको बाटो हुँदै उनीहरू चन्द्रनगर गाउँपालिका आइपुगेको त्यहाँको स्थानिय प्रशासनले जनाएको छ ।
भारतबाट हिडेका उनीहरु शुक्रबार बेलुकासम्म ४९ जना आइपुगेका थिए। भने राती थप ४ जना आइपुगेका छन् । जसमध्ये ५ जना ईश्वरपुर नगरपालिकाको, एकजना चक्रघट्टा गाउँपालिकाको र एकजना महोत्तरीको गौशलाका रहेका छन्। ईश्वरपुरका ५ जनालाई सम्बन्धित गाउँपालिकामा पठाइएको छ । भने अन्यलाई पनि सम्बन्धित गाउँपालिकामा पठाउने तयारी गरिएको स्थानिय प्रशासनले जनाएको छ ।
सबैजनालाई अहिले क्वारेन्टाइनमा राखिएको छ । सबैको स्वास्थ्य परीक्षण भइरहेको छ । अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको छैन। नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा यतिका धेरै संख्यामा मानिसहरु विभिन्न बाटो हुँदै नेपाल आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया