काठमाडौँ, २४ माघ- प्रदेश २ मा सरकार गठन गर्न संघीय समाजवादी फोरम र राजपाबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । प्रदेश सरकार गठनसहित शक्ति बाँडफाँटबारे मंगलबार दुई चरणको औपचारिक वार्ता निष्कर्ष विहीन भएको हो । पहिलो चरणको वार्तामा दुवै दलले जनादेशका आधारमा मिलेर सरकार गठन गर्ने सैद्धान्तिक सहमति गरेका थिए । तर, राजपाले मुख्यमन्त्री आलोपालो गरेर सरकार सञ्चालन गर्ने प्रस्ताव गरेको छ । दोस्रो वार्तामा पनि सत्ता साझेदारीबारे सहमति हुन सकेन स्रोतका अनुसार पहिलो चरणको वार्तामा राजपा नेता राजेन्द्र महतोले मुख्यमन्त्री आलोपालो हुनुपर्ने प्रस्ताव राखेका थिए । उनको भनाइ थियो, ‘मन्त्रालयहरू के कति लिनुपर्छ फोरमले लिए हुन्छ, बाँकी हामी लिउँला । तर, मुख्यमन्त्री आलोपालो हुनुपर्छ ।’ तर, फोरम अध्यक्ष उपेन्द्र यादवले महतोको प्रस्ताव मान्न नसकिने जवाफ दिएका थिए । ‘मुख्यमन्त्रीमा आलोपालो हुन सक्दैन । मन्त्रालयमा आधाआधा भागबन्डा गरेर जान सकिन्छ,’ यादवको भनाइ उल्लेख गर्दै एक नेताले भनेतर, अध्यक्षमण्डलका सदस्य महतोले फोरम र राजपाबीच मिलेर सरकार गठन गर्ने सहमति भएको जानकारी दिए । अर्का नेता अनिल झाले पनि मिलेर सरकार गठन गर्ने र अर्को वार्तामा भागबन्डालाई अन्तिम रूप दिइने बताए, नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया