कोरोनाको कारण भारतमा डाक्टरको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पहिलो पटक एक डाक्टरको मृत्यु भएको छ । मध्य प्रदेशको इन्दौरमा विहीवार कोरोना संक्रमणको कारण उनको मृत्यु भएको हो । डाक्टरको मृत्युपछि पूरै प्रदेश तरंगित भएको छ।

बिहीवार कोरोनाको डाक्टरको निधन भएपछि प्रदेश शोकमय भएको छ। स्वास्थ्य विभागका सीएमएचओ डा. प्रवीण जडियाका अनुसार डा. शत्रुघ्न पञ्जवानीमा केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएको थियो। उनको उपचार सुरुमा गोकुलदासमा र त्यसपछि सीएचएलमा भइरहेको थियो। उनलाई त्यहाँबाट पनि अरविन्दोन्मा लगिएको थियो । तर उनको बिहीवार बिहानै उनको ज्यान गएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

भारतको मध्यप्रदेश राज्यमा ३८१ जना संक्रमित भेटिँदा इन्दौरमा मात्रै अहिलेसम्म २१३ जना कोरोना संक्रमित भेटिएको पाइएको छ। मध्य प्रदेशको इन्दौर शहर पछिल्लो समय कोरोनाको एपीसेन्टर बन्दै गएको छ।

साथै कोराना संक्रमित २१३ मध्ये हालसम्म त्यहाँ २२ जनाले ज्यान गुमाइसकेका छन्। डाक्टर शत्रुघ्न इन्दौरको निधनपछि त्यहाँ मर्नेको संख्या २२ पुगेको छ ।डाक्टर शत्रुघ्‍न इन्दौरको रुपराम नगरमा बस्दै आएका थिए। त्यहाँ उनी आफ्नो निजी क्लिनिक चलाउँथे। मध्य प्रदेशमा अहिलेसम्म ३८१ संक्रमित भेटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?