तीन महिनापछि खुल्यो तातोपानी नाका

मेलम्ची । नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो ।

कोभिड – १९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको जनाइएको छ । अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?