नेपालबाट २७ सय विदेशी फर्किए, कुन देशका कति ?

कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेयता विभिन्न देशका करिव २७ सय विदेशी नागरिक त्रिभुवन विमानस्थल हुँदै स्वदेश फर्किएका छन् । त्यसरी फर्किनेमा अधिकांश युरोपी मुलुकका नागरिक रहेको कान्तिपुर दैनिकमा खबर छ ।
जसमा मुख्यत फ्रान्सका ६०८, जर्मनीका ९१७, अमेरिकाका ६०७, अस्ट्रेलियाका २५७, नेदरल्याण्डका १५६, मलेसियाका ६६ र चेक रिपब्लिकका १०२ जना नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?