काठमाडौं । स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरि उनलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
कुटनीतिक गाडीमा ६७ थान थर्मो गन प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न लागेका किर्गिस्तानका लागि नेपालका अनरेवल काउन्सुलर सुलभ अग्रवाललाइ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।
उनको नियमित स्वास्थ्य परिक्षण गर्नका लागि वीर हस्पिटल लगि उनलाई हिरासतमा राखिएको थियो ।
साथै टेकुको हिरासतमा धेरै मानिसहरु भएकाले दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ । अग्रवालले कुटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा ज्वरो नाप्ने यन्त्रको कालोबजारी गरिररहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । साथै उनका साथबाट ६७ थान थर्मो गनसहित उनले चढ्ने कुटनीतिक नम्बर प्लेटको गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया