आमाको मृत्यु भयो भन्दै झुटो विवरण पेश गरि पास बनाउने पक्राउ

काठमाडौं । झुटो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका-६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३०वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुटो विवरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३-०८-००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए ।

उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?