काठमाडौं । विश्वभरी माहामारीको रुपमा आएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर यो समाचार तयार पार्दासम्म ७४ ७ सय २ जनाको मृत्यु भएको छ । भारतमा मात्रै संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । मृतक संख्या १ सय ११ जना पुगेको छ ।
त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म तीन सय १८ जना निको भएका छन् ।
बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा कोभिड १९ को सक्रमण देखिएको छ भने २८ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीमा संक्रमितको संख्या पाँच सय २५ र मृतक संख्या सात पुगेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार ६ अप्रिलमा देशभर एक लाख एक हजार ६८ जनामा कोभिड १९ संक्रमणको परीक्षण गरिएको थियो ।
महाराष्ट्रमा सोमबार एक सय २० नयाँ संक्रमण भेटिएको छ भने सात जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको कुल संख्या ५२ पुगेको छ भने संक्रमितको संख्या आठ सय ६८ पुगेको छ ।एजेन्सीको सहयोग
यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो कि ? आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस्
कोरोना भाइरस गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस
वैज्ञानिकहरुको नयाँ खुलासा कोरोना न जीवित छ न त मर्छ आखिर के हो कोरोना
चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया