नौमूलेका नौ जनाको स्वाब परीक्षण

दैलेख । नौमूले गाउँपालिकाबाट कोरोना भाइरस सङ्क्रमणका आशङ्कामा नौ जनाको स्वाब सोमवार नमूना परीक्षणका लागि सङ्कलन गरी लगिएको छ ।

स्वाब सङ्कलनका लागि स्वास्थ्य सेवा निर्देशनालयका र स्वास्थ्य कार्यालय दैलेखको टोली नौमुले पुगेको स्वास्थ्य कार्यालयका डा. निरन्जन पन्तले जानकारी दिए ।

दैलेखका ११ वटै स्थानीय तहमा भारतबाट दैलेख आएका व्यक्तिको पहिचान गरिएको र सोही आधारमा स्वास्थ्यजाँच गर्दै लक्षणका आधारमा स्वाब परीक्षण गर्न लागिएको डा. पन्तले बताए ।

टोली आज आठबीस नगरपालिका पुग्ने छ । आठबीस र चामण्डाबिन्द्रासैनी नगरपालिकाका विभिन्न वडाका क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्यजाँचसँगै समस्याका बारेमा परामर्श पनि गरिएको छ ।

भारतबाट दैलेख आएका करीव एक हजार पाँच सय जना पुगेपछि जिल्लामा सतर्कता बढाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?