आगलागीबाट बीस हेक्टर वन नष्ट

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ सोल्माको हात्तीआहाल सामुदायिक वनमा सोमबार अपराह्न आगलागी हुँदा २० हेक्टर वन जलेको छ ।

आगलागीबाट सिसौ, साल, सल्लो र लोपोन्मुख सतिसाल गरी ५०० रुख जल्दा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको लालीगुराँस नगरपालिका–८ वडा अध्यक्ष तुसलीराम खनालले बताए।

प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको पहलमा आगलागी नियन्त्रण भए पनि आगलागीका कारण खुल्न नसकेको प्रहरी चौकी लसुनेका प्रमुख महानन्द दुलालले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?