कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा दुग्ध क्षाेत्रलाई निकै प्रभावित पारेको छ । लकडाउनका कारण ३० प्रतिशत दूध मात्र बजारमा जान्छ । अरु बाँकी ७५ प्रतिशतले दूधलाई कि फाल्छन् कि गाइगोरुलाई खुवाउँछन् । अथवा केहीले पनिर, दही बनाएर राख्छन् ।
दूधको मुख्य बजार नै काठमाडौं उपत्यका हो । लकडाउनका कारण झण्डै ३ लाख भन्दा बढी मानिसले काठमाडौं उपत्यका छाडेका छन् । होटल, रेस्टुरेन्ट बन्द छन् जसले गर्दा दूध खपत ह्वात्तै घटेको डेरी उद्योगी एवम् डेरी उद्योग संघका निवर्तमान अध्यक्ष अरनीको राजभण्डारीले बताए । गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया