काठमाडौं, २३ माघ । एक वर्षभन्दा लामो समयदेखि रोकिएको त्रिभुवन विमानस्थल विस्तारको काम पुनः सुरु भएको छ समयमा काम नथालेको भन्दै सरकारले डिसेम्बर २०१६ मा ठेक्का तोडेपछि विस्तारको काम प्रभावित भएको थियो । सान्जोसेले विमानस्थल विस्तारको १८ प्रतिशत काम मात्र सकेको थियो एउटै कम्पनीलाई जिम्मा दिँदा काम प्रभावित भएपछि नागरिक उड्डयन प्राधिकरणले यसपटक तीन भागमा बाँडेर ठेक्का दिएको छ एनसीबी–०१ अर्थात् विमानस्थलको धावनमार्ग विस्तारको ठेक्का ‘चाइना सांगी कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनी’ ले लिएको छ । उसले ५६ करोड १८ लाख रुपैयाँमा धावनमार्ग विस्तारको जिम्मा लिएको हो यस्तै, एनसीबी–०२ अर्थात् विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तारको जिम्मा नेपाली कम्पनी ‘शर्मा प्रेरा आसिसल’ले ८७ करोड आठ लाख रुपैयाँमा पाएको छ । दुवै कम्पनीलाई काम सक्नका लागि १८ महिनाको समय दिइएको छ एनसीबी–०३ अर्थात् जेनेरेटर इन्स्टलेसनका साथै बत्तिहरु जडानको जिम्मा नेपाली कम्पनी ‘आशिष एन्ड प्रेरा जोइन्ट भेन्चर’ले पाएको छ । त्यसको लागत २१ करोड ७२ लाख रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया