मन्त्रीपरिषद्को निर्णय: लकडाउन ८ दिन थपियो

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । भर्खरै सकिएको मन्त्रीपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि सरकारले चैत ११ गतेदेखी १८ गतेसम्म पहिलो चरणमा लकडाउन गरेको थियो । भने गत चैत १६ गते बसेको मन्त्रीपरिषदको बैठकले २५ गतेसम्मको लागि लकडाउन थप गर्ने निर्णय गरेको थियो ।

विश्वलाई भयभित बनाएको घातक कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या यो समाचार तयार पार्दासम्म ७० हजार ३ सय २० जना पुगेको छ ।
भाइरसका कारण १२ लाख ८४ हजार ६ सय ६५ जना संक्रमित भएका छन् २ लाख ७१ हजार ७ सय २१ जना उपचारपछि निको भएर घर फर्केका छन् । संक्रामक भाइरस विश्वका २ सय ८ मुलुकमा फैलिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?