काठमाडौं । के छ हरेक सताब्दीमा आउनेवाला महामारीको कहानी ? यो प्रश्न धेरैले उठाउने गरेका छन् ।
किन हरेक १०० वर्षमा मानवीय सभ्यता माथि प्राकृतिक हमला हुन्छ ? विज्ञान, धर्मशास्त्र, सबै हुँदाहुँदै पनि किन यो महामारीसँग कोहि लड्न सक्दैन र महामारीको सामना गर्न नसकेर महामारी सहिरहन बाध्य छन् मानिस ?

सन् १७२०, सन् १८२० त्यसपछि सन् १९२० र अहिले सन् २०२० । यो एउटा संयोग मात्रै हो वा वास्तविकता यसको बारेमा त्यो भन्दा धेरै त कसैलाई पनि थाहा छैन ।
तर हरेक शताब्दीमा धर्तीमा मानिसहरुमा संकट छाएको इतिहास छ । तर गएका ४०० वर्ष यता हरेक १०० वर्षमा एउटा यस्तो महामारी आएको नै छ ।

जसले सारा विश्वलाई ने तहसनहस बनाएर करोडौँ मानिसहरुलाई आफ्नो शिकार बनाएको छ । हरेक १०० वर्षम आएको यस्तो महामारीले कुनै पनि देशलाई छोडेको छैन ।
करोडौँ मानिसहरुको उक्त १०० वर्षमा आएको महामारीले आफ्नो शिकार बनाएको छ । साथै केहि मानवबस्तीहरुको पनि नाम निसाना मेटाइदिएको छ ।

संसारमा हरेक १०० वर्षको फरकमा महामारीले हमला गरेको छ । र सारा विश्वका करोडौँ मानिसहरुलाई आफ्नो शिकार बनाएको छ ।
सन् १७२० मा संसारमा द ग्रेट प्लेग अफ मार्सेल महामामारी फैलिएको थियो । जसले १ लाख मानिसहरुलाई आफ्नो शिकार बनाएको थियो । त्यसको १०० वर्ष पछि सन् १८२० मा एशियाई देशहरुमा हैजा फैलिएको थियो ।

हैजाका कारण एक लख भन्दा धेरैले ज्यान गुमाएको थिए । त्यस्तै सन् १९१८ देखि सन् १९२० मा संसारले स्पेनिस फ्लूको महामारी झेल्नु परेको थियो ।
त्यो बेला स्पेनिस फ्लूले करिव ५ करोड मानिसहरुको ज्यान लिएको थियो । र अहिले सन् २०२० मा विश्वव्यापी फैलिएको कोरोना भाइरसले सारा विश्वमा नै हाहाकार मच्चाईदिएको छ ।

जसको कारणले गर्दा लगभग यो विश्व लकडाउन भएको छ । तर आखिर किन हरेक शताब्दीमा यस्तो महामारी आउँछ त ? यो प्रश्नले सबैलाई चकित बनाइदिएको छ ।
पछिल्ला ४ शताब्दीका महामारीमा फरक फरक नामका भाइरसहरु विश्वव्यापी बनेर त्रसित लाखौँ मानिसहरुको ज्यान लिईरहेको छ ।

फरक-फरक नामले पछिल्ला ४ शताब्दीहरुमा भाइरसहरुले विश्वमाथि हमला गरिरहेका छन् ।
हरेक महामारीमा निर्दाेष मानिसहरुको ज्यान लिईरहेको यस भाइरसको औषधि बनाउन भने हामी सधैँ नै ढिला नै हुने गरेका छौँ । हाम्रो औषधि बनिसक्दा लाखौँलाई भाइरसले आफ्नो शिकार बनाईसकेको हुन्छ ।

सन् १७२० मा सारा विश्वमा प्लेग फैलिएको थियो । यसलाई ग्रेट प्लेग अफ मार्सिले भन्ने गरिन्छ । मार्सिले फ्रान्सको एउटा शहर हो ।
जहाँ प्लेगका कारण १ लाख भन्दा धेरैको मृत्यु भएको थियो । प्लेगले फैलिएको केहि महिनामै ५० हजार जनालाई आफ्नो शिकार बनाइसकेको थियो ।

बाँकि ५० हजार मानिसहरु त्यसपछिका दुई वर्षमा प्लेगका शिकार बनेका थिए ।
सन् २०२० मा अहिले फेरी पूरा विश्व भरि नै १०० वर्ष पछि महामारीको प्रकोप आएको छ । कोरोना भाइरसको नाम लिएर आएको यो प्रकोपको शुरुवात चीनबाट भएको थियो ।
अहिले यो महामारी विश्वका २०८ देशमा फैलिईसकेको छ । अहिलेसम्म यो महामारीको प्रकोपबाट सारा विश्वमा ६९ हजार ४ सय ८८ जनाको मृत्यु भईसकेको छ भने, १२ लाख ७४ हजार ८ सय ५३ जनामा संक्रमण देखिएको छ ।
ईतिहासको जसरी नै यस भाइरसको पनि समय बाँकि हुँदै औषधि पत्ता लाग्न भने सकेको छैन । त्यसैले यस महामारीबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाउँ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया