लकडाउनयता कति भए हवाइ हवाई उडान ?

सरकारले लकडाउन घोषणा गरेयता शनिबारसम्म त्रिभुवन विमानस्थलमा १८७ वटा उडान भएका छन् । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार लकडाउन सुरु भएको १२ औं दिनसम्म अन्तर्राष्ट्रिय र सैनिक उडान गरी शनिबारसम्म ती संख्यामा उडान भएका हुन् ।
आन्तरिक तर्फ ९८ वटा जहाजले अलपत्र परेका पर्यटकको उद्दार गर्नुका साथै हेलिकप्टरले पनि ५१ उडान गरेको छ । यस्तै १८ वटा अन्तर्राष्ट्रिय उडान हुँदा बाँकी उडान सैनिक विमानले भरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?