अख्तियारको थप एक्सन, मगायो औषधि खरिदको कागजात

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागबाट कागजात झिकाएर चीनबाट औषधि खरिद गर्दा भएको अनियमितताको अनुसन्धान थालेको छ ।
उजुरीको अनुसन्धान गत विहीबारदेखि नै गरिरहेको अख्यियारले कागजात झिकाएर हेर्दा त्रुटि देखिए थप प्रक्रिया अघि बढाउने रणनीति बनाएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
अख्तियार स्रोतका अनुसार पछिल्लो निर्णयका साथै त्यसअघिको सार्वजनिक बोलपत्र र त्यसक्रममा १९ वटा सप्लायर्सले पेस गरेको कागजात पनि अध्ययनका क्रममा झिकाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?