साँझ ५ बजे उच्चस्तरिय समितिको बैठक बस्दै, यस्तो हुँदैछ छलफल

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक साँझ ५ बजे बस्न लागेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको समिति बैठक आइतबार बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको उपप्रधानमन्त्री पोखरेलका ल प्रेस संयोजक लोकेन्द्र केसीले बताएका हुन् ।

सरकारले शनिवार पनि मन्त्रीपरिषदको बैठक बसेको थियो । भने उक्त बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, स्वास्थ्यकर्मीहरुलाई थप सुरक्षा प्रदान गराउँने लगायतका निर्णय गरेको थियो ।

साथै उच्चस्तरीय समिति बैठकले कोरोना संक्रमण नियन्त्रणको विषयमा केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?