काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस ‘कोभिड १९’ को आशंकामा हालसम्म १५ सय २९ वटा टेष्ट गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १२ जना काठमाडौंबाहिर १ सय १ जना आईसोलेसनमा रहेका छन् । यसअर्थ नेपालमा हालसम्म १ सय १३ जना आईसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
उनले भने, ”खरिपाटीमा रहेका ९४ जनाको टेष्ट रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी हिजो ३ जना संक्रमित देखिएको कुरा दोहोर्याउँदै डाक्टर देवकोटाले भने, कैलाली, कञ्चनपुर र बाग्लुङमा ति संक्रमितको सम्पर्कमा आएकाहरुको र्यापीड टेष्ट प्रविधीबाट जाँच गरिने बताए । साथै तिनमा पोजेटिभ देखिए पुन पिसिआर प्रविधीबाट परिक्षण गरीनेछ । उनका अनुसार रेड जोनमा २४ जना छन् ।”
यसैबीच नियमित पत्रकार सम्मेलन लाईभ गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अफिसियल साईटमा प्रवक्ता बोल्दा निकैपटक अड्किएर पूरा विवरण नसकिँदै भिडियो काटिएको थियो ।

कोरोना भाइरस कोभिड १९ बाट देश र जनतालाई बचाउन नेपाल सरकारले लकडाउन गरेको १३ औँ दिन भएको छ ।
पहिलो पटक नेपालमा नै रहेकी एक महिलामा हिजो कोरोना संक्रमण देखिएको थियो । उनले पत्रकार सम्मेलनमा जानकारी गराएअनुसार हिजो मन्त्रालयका दुईवटा नम्बर ११५१ र ११३३ मा २७ सय ६६ कलको जवाफ दिएको भन्दै धेरैले ‘लोकल टान्समिसन’बारे सोधेको बताए ।
हिजो ३ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस ‘कोभिड–१९’ को सङ्क्रमितको संख्या ९ पुगेको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको देवकोटाले जानकारी दिएका थिए । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
हिजो जानकारी गराइएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएकोले मेडिकबल भाषामा त्यसलाई ‘लोकल टान्समिसन’ भनिन्छ । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म विश्वभर ६५ हजार ६ सय ३ जनाको मृत्यु भएको छ भने १२ लाख १४ हजार ४ सय ८७ जना संक्रमित छत् । २ लाख ५३ हजार ६ सय २६ जना उपचारपछि निको भएका छन् ।
हालसम्म संक्रमण २ सय ७ देशमा फैलिएको छ । सबैभन्दा धेरै ईटलीका जनताले ज्यान गुमाएका छन् । छिमेकी मूलुक भारतमा यो समाचार तयार पार्दासम्म ९९ जनाको मृत्यु भएको छ भने ३ हजार ५ सय ८८ जनामा संक्रमण पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया