के. एल. दुगड समुहद्वारा कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री वितरण

बाँके । के एल दुगड समुहले बाँकेको कोहलपुर क्षेत्रमा खाद्य सामाग्री वितरण गरेको छ । उक्त समुहले कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ मा ४०० परिवार लाई, चामल १० के।जि, चक्की आटा २ के।जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरी को तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वडाहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरु लाई वार्ड अफिसको समन्वयमा वितरण गरेको हो ।

उक्त खाद्य समाग्री बितरण गरिएको वडाका वडा अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समन्वयमा खाद्य समाग्री बितरण गरिएको कुरा के। एल। दुगड समुहका प्रदिप छाजेडले बताए ।

साथै उक्त समुहले कुनै विपत्ती अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ट्यारो हुने वर्गहरुलाई सधै सहयोग गर्दै आइरहेको र भबिस्य मा पनि सहयोग गर्ने प्रतिवद्धता छाजेडले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?