बितेको २४ घण्टामा विश्वभर कोरोनाबाट ५ हजार ९७३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा झण्डै ६ हजार जनाको मृत्यु भएको छ । समाचारअनुसार सबैभन्दा बढी अमेरिकामा १३ सय २१ जनाको मृत्यु भएको छ भने योसँगै अमेरिकामा मृतकको संख्या ७ हजार ३९२ जना पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा इटालीमा ७६६, स्पेनमा ८५०, जर्मनीमा १६८, फा्रन्समा ११ सय २०, इरानमा १३४, युकेमा ६८४, नेदरल्याण्डमा १६८ जनाको मृत्यु भएको छ । अन्य विभिन्न देशमा पनि कोरोनाको कारण मानिसहरुको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?