काठमाडौं । कोरोना भाइसरको संक्रमण अमेरिकामा तीब्र गतिमा फैलिएको छ । अहिलेसम्म अमेरिकामा मात्रै कोरोनाको संक्रमण २ लाख ७७ हजार १६१ जनामा भएको छ भने मृतकको संख्या ७ हजार ३९२ पुगेको छ ।
बितेको २४ घण्टामा मात्रै अमेरिकामा कोरोना भाइरसबाट १३ सय २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म भाइरस संक्रमित भएका १२ हजार २८३ जना निको भएका छन् भने ५ हजार ७८७ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया