स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर खरिदको जिम्मा नेपाली सेनालाई सुम्पेको छ ।
यसअघि विभिन्न व्यापार व्यवसाय र सरकारी आयोजनाका ठेक्कापट्टामा जोडिएको सेनालाई यसपटक कोभिड १९ रोकथाम एवम् उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा संलग्न गराइएको हो । सरकारको यो निर्णयसँगै नागरिक प्रशासनको विकल्पमा जंगी प्रशासनलाई किन सक्रिय पारियो भन्ने बहस पनि सुरु भएको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
पत्रिकाका अनुसार सेनाले सुरक्षाबाहेक विभिन्न व्यापार व्यवसायका ९ क्षेत्रमा काम गर्दै आएको छ । जसमा सटर भाडा, हिमाल एवम् हिमताल सफाइ, काठमाडौं तराई फास्ट ट्र्याक निर्माण, पहाडी क्षेत्रका विभिन्न सडक आयोजनाहरु, जग्गा प्लटिङ, पानी उद्योग सुन्दरीजल, अक्सिजन प्लान्ट, छाउनी, मेडिकल कलेज सञ्चालन, पेट्रोल पम्प सञ्चालन (५ वटा) रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया