जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्वारेन्टाइनमा राखेको छ। अन्य ३९ जना आइसोलेसनमा छन्।
कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई क्वारेन्टाइन र आइसोलेसनमा राखिएको जंगीअड्डाले जनाएको छ। उनीहरू घर बिदा सकेर फर्किएका, तालिम सकाएका र कोही विदेशबाट फर्किएकाहरू हुन्। क्वारेन्टाइनमा बसेको १४ दिनपछि मात्र उनीहरूलाई सेनाको अर्को टोलीसँग मिसाइनेछ।
सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्वारेन्टाइन र आइसोलेसनमा रहेका सैनिक अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया