काठमाडौं । जिल्ला अस्पताल नुवाकोटमा कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको उपचार तथा चेकजाँच सहज होस् भनेर लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले पिपिइ , माक्स तथा फेस सिल्ड उपलब्ध गराएको छ।
उक्त सामाग्री लायन्स क्लबका जोन चियर पर्सन अनुजकुमार श्रेष्ठले नुवाकोट जिल्ला अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राई तथा डाक्टर राजेन्द्र लामालाई हस्तान्तरण गरेका हुन्।
असहज परिस्थिति र सुरक्षा सामाग्रीको अभावले उपचारमा समस्या उत्पन्न भईरहेको अवस्थामा लायन्स क्लबले आफ्नो मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत प्रथम चरणमा सात थान सुरक्षा सामाग्री उपलब्ध गराएको हो।
छिट्टै दोश्रो चरणको कार्यक्रममा सुरक्षा सामाग्री लगायत अन्य आवश्यक उपकरणहरु उपलब्ध गराउँदै जाने कुरा श्रेष्ठले बताएका छन्।
यसअघि श्रेष्ठकै सक्रियतामा त्रिशूली अस्पतालमा एनआईसियु कक्ष निर्माणको लागि अत्याधुनिक उपकरणहरु उपलब्ध गराईएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया