बझाङ केन्द्रविन्दु भएर गयो भू-कम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भू-कम्प गएको छ । आज साँझ ८ बजेर ५५ मिनेट जाँदा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भू-कम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । भू-कम्पको धक्का बझाङ आसपासका क्षेत्रमा समेत महशुस गरिएको थियो ।

भू-कम्पको धक्का भएपछि स्थानीयहरु त्रसित बनेका छन् । कोरोनाको त्राससँगै भू-कम्पले पनि तर्साउन लागेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?