अपडेट: अर्को एकजना नेपालीमा कोरोना पोजेटिभ, चैत्र ४ गतेकै फ्लाईटमा आएका थिए नेपाल

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड १९) को छैटौं संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित को सङ्ख्या ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएअनुसार राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा आज गरिएको परिक्षणमा एउटा पोजेटिभ आएको हो ।

आज भेटिएका पोजेटिभ भएका व्यक्ति आर ६५२ फ्लाईटबाट चैत्र ४ गते नेपाल आएका थिए । यसअघि सोहि फ्लाईटमा आएका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । हाल उनीहरुको आईसोलेसनमा राखेर उपचार भइरहेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालमा जम्मा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये एकजना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विशेष निगरानीमा उपचार भइरहेको छ । सरकारले कोरोना संक्रमण नफैलियोस् भनेर १० दिनयता लकडाउन गरेको थियो ।

विश्वभर यो समाचार तयार पार्दासम्म ४८ हजार २ सय ८९ जनाको मृत्यु भएको छ । ९ लाख ५० हजार ६ सय ३८ जना संक्रमित रहेका छन् ।  थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?