सामाखुसी स्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री हस्तान्तरण

काठमाडौं । सामाखुसी स्थित मानव सेवा आश्रमलाई एन आई सी एसिया बैङ्कसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालयकाको प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आज दिउसो निशुल्क खाद्य सामग्री हस्तान्तरण गरेका छन् ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) पछी लकडाउन भएको कारणले यस्ता संघ सस्था तथा दैनिक ज्याला मज्दुरी गरी खाने मजदुरहरुले दैनिक सामाग्रीको समस्या ब्याहोर्न नपरोस भनी यस अभियानको शुरुवात गरिएको हो ।

उपत्यका स्थित समस्यामा रहेका विभिन्न आश्रमहरूमा आश्रित व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरूका लागी निरन्तर खाद्य सामग्री सहयोग स्वरूप वितरण गरिने समेत उनले जानकारी दिए । लकडाउन भए पश्चात असह्याय, अशक्त व्यक्तिहरू तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिहरुलाई अझ बढी समस्या हुने भएकाले लक्षित वर्गलाई थोरै भएपनि राहत पुग्ने विश्वास लिएको पोखरेलले बताए । मातहतका विभिन्न कार्यालयहरूसँग त्यस्ता आश्रमहरू तथा व्यक्तिहरुको विवरण संकलन गरि वितरण गरिने जानकारी दिए ।

संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीहरूको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाईन १०० मा खबर गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?