काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीको रंगशालालाई कोरोना भाईरसको महामारीविरुद्ध लड्न प्रयोग गरिने भएको छ । सिटीले इतिहाद रंगशाला कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस ९एनएचएस० लाई प्रयोग गर्न दिएको हो ।
एनएचएसले सिटीको रंगशालालाई औषधि भण्डारण, डाक्टर तथा नर्सहरुको प्रशिक्षण स्थल बनाउन सक्ने छन् । कोरोनाविरुद्ध लड्न सहयोग गर्ने उदेश्यले रंगशाला प्रयोग गर्न दिएको क्लबले जनाएको छ ।
कोरोनाको कारण लिगहरु स्थगित भएपछि क्लबका अधिकांस रंगशालालाई एनएचएसले प्रयोग गरिरहेको छ । कोरोनाको कारण इंग्ल्यान्डमा फुटबल गतिविधि अप्रिल ३० सम्म स्थगित गरिएको छ । प्रिमियर लिगले सिजन सकाउने, स्थगितको मिति बढाउने वा रद्द गर्ने बिषयमा आगामी अप्रिल ३ मा बैठक बोलाएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया