लकडाउनका बेला घरघरमै धारा

काठमाडौं । कोभिड-१९को संक्रमणबाट जोगिन घरघरमै पुगेको खानेपानी सुविधाले सहज बनाएको छ । पाल्पाको पश्चिमी भूभाग रिब्दीकोट गाउँपालिका ७ पालुङ्मैनादीमा घरघरमै खानेपानी सुविधा पुगेपछि नागरिकले निकै सजिलो भएको महसुस गरेका छन् ।

पालुङ्मैनादीका ६५ घरधुरी मगरबस्तीमा गाउँपालिकाले एक घर एक धारा अभियान ल्याएपछि घरायसी कामधन्दामा छिटोछरितो हुनाका साथै समुदाय नै सरसफाइयुक्त बनेको छ । घण्टौँ समय खर्चेर खोलाको पानी बोकेर प्रयोग गर्दै आएका नागरिक अहिले भने घरघरमै धारामार्फत पानी आएको देख्दा दङ्ग परेको र लकडाउनका बेला बाहिर जान नपरेकामा खुशी भएको चुर्पुकधारा लिफ्टिङ् खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बमबहादुर अर्घालीले बताए ।

गाउँपालिकाको एक करोड पाँच हजार ४२६ लगानीमा लिफ्टिङ प्रणालीमार्फत गाउँमा खानेपानी सुविधा पु¥याइएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीको भनाइ छ । खानेपानी योजना सफल बनाउन उपभोक्ताले १४ लाख ५८ हजार बराबरको श्रमदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?