काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र विदेशी नागरिक लिन कतार एयरलाइन्सको दुई विमान शनिबार नेपाल आउने भएको छ ।
फ्रान्स र जर्मनीका पर्यटकको उद्दार गर्न कतारको जहाज नेपाल आउन लागेको हो । शुक्रबार बिहान पनि दोहाबाट आएको कतार एयरको वाइडबडी विमानले काठमाडौंबाट जर्मनसहित ३ सय ४ जना यात्रु बोकेर फर्केको थियो ।
विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यका अनुसार उक्त उडानमा २ सय ७० जर्मन नागरिक थिए भने बाँकी युरोपियन युनियनका ११ वटा सदस्य मुलुका नागरिक थिए । यता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शनिबार ग्वाङजाउ जाँदैछ ।
मेडिकल कार्गो उडानमा विमान जान लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया