कोरोनाको बेला मास्क लगाएर विवाह

काठमाडौं । कोरोना भाइरसको महामारीले सारा विश्व नै अहिले त्रसित बनेको छ । कोरोना भाइरसका कारण सारा विश्वमा १८ हजार ९ सय ७ जनाको मृत्यु भईसकेको छ भने भारतमा पनि कोरोना भाइरसका कारण ११ जनाको मृत्यु भएको छ ।

कारोनाका कारण देशै लकडाउन भएको अवस्थामा भारतको मध्य प्रदेशस्थित जबलपुरमा एउटा अनौठो विवाह सम्पन्न भएको छ ।

विवाहमा दुलहा दुलहीले मास्क लगाएर विवाह गरेका छन् । उक्त विवाहमा ५० जना नातेदारहरु सामेल भएका थिए र उनीहरुले मास्क लगाएका पनि थिए ।

साथै ओडिशामा अर्काे एउटा अनौठो विवाह भएको छ । ओडिशाको सम्बलपुरमा विवाहमा प्रवेश गर्नुपूर्व पाहुनालाई स्यानिटाइजरले हात धुवाइरहेको दृष्य देखिएको थियो ।

कोरोना भाइरसलाई लिएर मानिसहरुमा जागरुकता फैलाउनका लागि यस्तो गरेको बताइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?