काठमाडौं । कांग्रेसको युवा संगठन नेपाल तरुण दलले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सम्बन्धी भ्रामक समाचार फैलाउनेलाई कारबाही गर्न माग गरेको छ ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती जारी गर्दै उक्त जानकारी गरेका हुन् । उक्त विज्ञप्तीमा भनिएको छ, “सामाजिक सञ्जाललगायतत अन्य माध्यममा अनावश्यक अफवाह फैलाइएको देखिएकोले अफवाह फैलाई त्रसित बनाउने जो कोहीलाई पनि कडा बारबाही गर्न माग गरिएको छ ।”
साथै तरुण दलले १२ बुँदे विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल, अनलाइन समाचारलगायत अन्य समाचारका माध्यमबाट अफवाह फैलिने खालका समाचारभन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गरिदिन सञ्चारमाध्यमलाई आग्रह गरेको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया